५२ जना संवैधानिक निकाय पदाधिकारी नियुक्ति प्रकरणमा बहस सकियो, २८ जेठमा फैसला आउने

नेपालभ्युज

५२ जना संवैधानिक निकाय पदाधिकारी नियुक्ति प्रकरणमा बहस सकियो, २८ जेठमा फैसला आउने

अख्तियार दुरुपयोग अनुसन्धानलगायतका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस सकिएको छ ।

बिहीबार सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएसँगै यो प्रकरणमा निर्णय सुनाउने दिन तोकिएको छ । संवैधानिक इजलासले यही २८ मा फैसला सुनाउने मिति तोकेको हो । रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १६ जेठसम्म बहस नोट पेस गर्न संवैधानिक इजलासले भनेको बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको समयमा विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरिएको थियो ।

संवैधानिक पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र हुने संवैधानिक व्यवस्था भए पनि ओलीले संसद विघटनको बेला उनीहरूको नियुक्ति भएकाले उनीहरूको संसदीय सुनुवाइ भएको थिएन । संसदीय सुनुवाइ नै नभई उनीहरूको नियुक्ति भएपछि यो विषय सर्वोच्च अदालत पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved