आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर, भारतको विरोध

नेपालभ्युज

आईएमएफले पाकिस्तानलाई दियो १ अर्ब डलर, भारतको विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बुधबार पाकिस्तानलाई १.०२ अर्ब डलरको दोस्रो किस्ता जारी गरेको छ ।

आईएमएफले यसअघि मे ९ मा पाकिस्तानलाई १ अर्ब डलर ऋण दिएको थियो । यो कोष पाकिस्तानलाई विस्तारित कोष सुविधा (EFF) कार्यक्रमअन्तर्गत दिइएको हो ।

सेप्टेम्बर २०२४ मा पाकिस्तानलाई ३७ महिनाको ७ अर्ब डलरको EFF दिइएको थियो, जसमध्ये १ अर्ब डलर तुरुन्तै जारी गरिएको थियो ।

अहिलेसम्म पाकिस्तानले EFF कार्यक्रमअन्तर्गत IMF बाट ३.१ अर्ब डलर प्राप्त गरिसकेको छ । पाकिस्तानको केन्द्रीय बैंकले दोस्रो किस्ताको रकम मे १६ सम्ममा आइपुग्ने बताएको छ ।

यता, भारतले यसको औपचारिक विरोध गरेको छ । पाकिस्तानलाई सो किस्ता नदिन भारतले अन्तर्राष्ट्रिय समुदायमा लबिङ गरेको थियो तर रोक्न असफल भएको बीबीसीले जनाएको छ ।

भारतले मुद्रा कोषको उक्त रकम सरकार प्रायोजित सीमापार आतंकवादमा प्रयोग गर्ने खतरा रहेको दाबीसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved