ला लिगा

मालोर्कामाथिको जितसँगै रियलले बार्सिलोनासँग अंक दूरी घटायो

नेपालभ्युज

मालोर्कामाथिको जितसँगै रियलले बार्सिलोनासँग अंक दूरी घटायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको छ ।

बुधबार राति भएको खेलमा इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरेपछि रियलको जित सुनिश्चित भएको हो । मड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए । घरेलु टोली रियलका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ । रियलको ७८ अंक बनाएको छ । लिग लिडर बार्सिलोनाको ८२ अंक छ । यसअघि रियल ७ अंकले पछि रहेको थियो । अहिले ४ अंकमा झारेको छ ।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ । सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ ।

बार्सिलोनाले दुवै खेल हारेमा रियलले उपाधि जित्ने सम्भावना बढ्ने छ । यस्तो अवस्थामा रियलले अब हुने २ खेलमा अनुकूल नतिजा ल्याउन आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved