नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति विघटन

नेपालभ्युज

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति विघटन

काठमाडौं । रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समिति विघटन भएको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति विघटन गर्ने निर्णय गरिएको हो ।

समितिमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य रहेका थिए । डा. पौडेल स्वयम गभर्नर बन्ने चर्चा चलेसँगै समितिको सदस्य पदबाट समेत राजीनामा दिएका थिए ।

बैठकले डा. पौडेलको स्थानमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले  पुष्टि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved