चालिस वटा नियोगमा सवारीसाधन मर्मत र इन्धनमा साढे १० करोड खर्च

नेपालभ्युज

चालिस वटा नियोगमा सवारीसाधन मर्मत र इन्धनमा साढे १० करोड खर्च

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न देशमा रहेका ४० वटा नियोगमा एक वर्षमा सवारीसाधन मर्मत तथा इन्धनमा साढे १० करोडभन्दा बढी खर्च भएको छ ।

महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा मन्त्रालयबाट प्राप्त विवरणअनुसार ४० नियोगमा जम्मा १८८ चारपाङ्ग्रे सवारीसाधन रहेको उल्लेख छ । ती नियोगहरूमा यो वर्ष सवारीसाधन मर्मतअन्तर्गत एउटै नियोगमा रु.१ लाखदेखि रु ३६ लाखसम्म मर्मत सम्भार खर्च भई कुल रु.५ करोड ३२ लाख ५६ हजार खर्च भएको महालेखाले जनाएको छ । त्यसै गरी ४० नियोगमा इन्धनमा रु. ५ करोड ३३ लाख खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अवधि नसकिँदै १३ देशका राजदूत फिर्ता हुँदा राज्यको पौने ३ करोड खर्च 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved