एक वर्षमा सवारी दुर्घटनाबाट दुई हजार ३६९ जनाको मृत्यु

नेपालभ्युज

एक वर्षमा सवारी दुर्घटनाबाट दुई हजार ३६९ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । एक वर्षमा सवारी साधन दुर्घटनाबाट २ हजार ३६९ जनाको मृत्यु भएको देखिएको छ । महालेखापरीक्षकले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६९ व्यक्तिले सवारी साधन दुर्घटनाबाट ज्यान गुमाएको देखिएको हो ।

समीक्षा अवधिमा २२ हजार ९२७ सवारी साधन दुर्घटना भएको छ । जसमा ६ हजार १६० गम्भीर घाइते भएका थिए भने २५ हजार ९९६ सामान्य घाइते भएका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन दुर्घटना २ दशमलव ८ प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यस्तै, ट्राफिक प्रहरीको पछिल्लो पाँच वर्षको प्रतिवेदनअनुसार सवारी दुर्घटना औसत वृद्धिदर १२ दशमलव ४८ प्रतिशत रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved