उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

नेपालभ्युज

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डू ओरसीले एक्समा मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको मृत्युको कारण स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved