काठमाडौंको मखनटोलमा आगलागी

नेपालभ्युज

काठमाडौंको मखनटोलमा आगलागी

काठमाडौं । काठमाडौंको मखनटोलमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ स्थित मखनटोलको महादेवचोकमा रहेको एक घरमा बुधबार बिहान आगलागी भएको हो । उक्त आगो अर्को घरमा समेत फैलिएको छ ।

उक्त आगो अर्को घरमा समेत फैलिएको थियो । आगो सुरुमा मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको माटो र काठले बनेको ४ तल्ले कच्ची घरमा लागेको थियो । सो आगो पछि दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तल्ले पक्की घरमासमेत सल्किएकाे हाे ।

घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको काठमाडौं प्रहरीले जनाएको छ ।

काठमाडौं र ललितपुर महानगरका दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved