मिश्र र प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

मिश्र र  प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मङ्गलबार ५ दिन म्याद थप गरेपछि ४७ दिन हिरासतमा बसिसकेका मिश्र थप ५ दिन हिरासतमा बस्ने भएका हुन् ।

उनीहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि थप समय आवश्यक परेको भन्दै प्रहरीले हिरासतमा राख्न अनुमति मागेको थियो।

अदालतका एक अधिकारीका अनुसार, गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

राजावादी समूहले आयोजना गरेको उक्त प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved