खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

नेपालभ्युज

खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

रामेछाप । वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । डाइभर्सनको मर्मतपछि मङ्गलबार दिउँसाे राजमार्ग खुलेको हो ।

सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सीडाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम यसअघि नै सकिएको थियो ।

माम्तीको डाइभर्सन मर्मत कार्यपछि सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

राजमार्ग खुलेसँगै अलपत्र परेका सवारीसाधन गन्तव्यतिर लागेका छन् ।

अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved