नागढुंगा–मुग्लिन सडक पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै डीपी अर्यालको आपत्ति

तीन सिफ्टमा काम गरेर चाँडो सकाउन माग

नेपालभ्युज

नागढुंगा–मुग्लिन सडक पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै डीपी अर्यालको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे ।

‘प्रधानमन्त्री र मन्त्रीहरू हवाइजहाज र हेलिकोप्टरमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन । नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ,’ उनले भने, ‘यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीहरूसँग छलफल र संवाद गरेर तीन सिफ्टमा कामगरी बर्खा अगावै जोखिम कम हुनेगरी काग गराउन सरकारसँगको गम्भीर ध्यानाकर्षण गराउँछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved