हरिपुरमा बस दुर्घटना, आठ जना घाइते

नेपालभ्युज

हरिपुरमा बस दुर्घटना, आठ जना घाइते
सांकेतिक तस्वीर

इनरुवा । कोशी गाउँपालिका–७ हरिपुरमा बस दुर्घटना हँदा आज आठ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गाईघाटबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख९९३६ नंको बस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार २० जनामध्ये आठ जना घाइते भएको र अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कोशी–८ का महमद सहिलका पाँच वर्षीय छोरा वानेस मियाँ, २५ वर्षीया रुक्साना खातुन, सबरुम खातुन, निलम राम, इनरुवा–९ का ४५ वर्षीय गुलाबचन्द्र मेहता, बराहक्षेत्र–११ का २१ वर्षीय प्रमोद ऋषिदेव, कोशी–८ का हुसिय मन्सुरीका छोरा रहन मन्सुरी, १७ महिनाकी छोरी रोना खातुन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved