काठमाडौं । पाकिस्तानी सेनाले भारतको आक्रमणबाट आफ्नो एउटा विमानमा ’सामान्य क्षति’ भएको स्वीकार गरेको छ ।
पाकिस्तानी सेनाले आइतबार राति पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता अहमद शरिफ चौधरीले भारत–पाकिस्तान द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरे । यद्यपि, उनले यस विमानका बारेमा धेरै जानकारी भने दिएनन् ।
‘एउटा पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको छ,’ उनले यति भने ।
एक प्रश्नको जवाफमा भने प्रवक्ता चौधरीले पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नभएको स्पष्ट पारे । त्यस्ता सबै समाचार ’नक्कली सामाजिक सञ्जाल रिपोर्ट’मा आधारित रहेको उनको भनाइ थियो ।
भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, हावा र समुद्रमा हुने सबै गोलीबारी र सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका छन् ।
दुई देशबीच आज (सोमबार) मध्यान्हदेखि सैनिक अधिकारी स्तरीय वार्ता हुने तय छ ।
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
Facebook Comment
Comment