काठमाडौं । भारत सरकारले ‘सगरमाथा संवाद’का लागि नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ ।
काठमाडौंमा १६–१८ मे २०२५ मा आयोजना हुने संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले एक समारोहबीच परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ती सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकारको अनुरोधमा प्रदान गरिएका यी सवारीसाधनले संवाद अवधिमा पाहुना र अधिकारीहरूको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारतद्वारा २०२२ को सङ्घीय तथा प्रादेशिक निर्वाचनमा पनि नेपाललाई दिइएको समान प्रकारको सहयोगलाई स्मरण गर्दै सगरमाथा संवादको सफल आयोजनाको शुभकामना व्यक्त गरे । उनले नेपालसँगको विकास साझेदारीमा भारतको प्रतिबद्धता पुनः दोहोर्याए ।
सवारीसाधन ग्रहण गर्दै परराष्ट्रमन्त्री देउवाले सगरमाथा संवाद सफल बनाउन भारतको सहयोगप्रति आभार व्यक्त गर्दै भारत नेपालका पुराना र ठूला विकास साझेदारमध्ये एक भएको उल्लेख गरिन् ।

Facebook Comment
Comment