ग्रे लिष्टबारे प्रचण्डलाई ओलीको जवाफ – जाँच दिने बेलामा फेल भएको थाहा पाउनु पर्दैन

नेपालभ्युज

ग्रे लिष्टबारे प्रचण्डलाई ओलीको जवाफ – जाँच दिने बेलामा फेल भएको थाहा पाउनु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण नेपाल ग्रे लिष्ट परेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, “अघिल्लो सरकारमै धेरै बिग्रिसकेको रैछ । कपी काट्या बेलामा फेल भएको हो र ? जाँच दिने बेलामा फेल भएको थाहा पाउनु पर्दैन ? पढ्न बेलामा फेल हुँदा, जाँच दिने बेलामा फेल हुन्छ । अनि कपी काट्ने बेलामा जे छ त्यहीअनुसार त अङ्क पाउने हो ।”

उनले थपे, “अहिलेको सरकार कपी काट्ने बेलाको सरकार हो ।”

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को कालोसूचीमा पर्ने खतरा रहेको बताएका थिए ।

भ्रष्टाचार बढेको र कालो धन शुद्धिकरण गर्ने क्रम बढेकोले एफएटीएफले नेपाललाई ग्रेलिष्टमा राखेको बताउँदै प्रचण्डले यसबाट बाहिर निस्किने कुनै योजना नबनाएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved