जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीबाट बालुवा झिकिरहेका छन् : सांसद केसी

नेपालभ्युज

जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीबाट बालुवा झिकिरहेका छन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले कालीगण्डकीमा अवैध रुपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटोसमेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे ।

उनले भने, ‘बाग्लुङ क्षेत्र नं १ को कालीगण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ । यसभन्दा पहिले पनि मैले कुरा उठाएको थिएँ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन् । सरकार रमिता हेरिरहेको छ । बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटोसमेत भासिने सम्भावना छ । त्यसैले कडाइपूर्वक सरकारले रोकोस् ।’

त्यस्तै, उनले सर्वोच्च अदालतले नझिक्नु भनेर आदेश गरिसक्दा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर लुटपाट गरिरहेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved