काठमाडौं उपत्यकामा आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना

नेपालभ्युज

काठमाडौं उपत्यकामा आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved