सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

नेपालभ्युज

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

काठमाडौं । सुडानको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रयस्थल बनेको छ । पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ ।

अबु सुक शिविर, जो जामजाम शिविर नजिकै रहेको छ, अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि खाली भएको थियो। संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा झन्डै १० लाख शरणार्थीहरू रहेको जानकारी दिएको छ ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्व आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति संघर्षको रूपमा सुरु भएको हो । संयुक्त राष्ट्रसङ्घले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कटको रूपमा चिनिएको जनाएको छ ।

हाल सेनाले देशको उत्तर, पूर्व र केन्द्रमा नियन्त्रण जमाएको छ भने आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved