ढुवानी व्यवस्था प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

नेपालभ्युज

ढुवानी व्यवस्था प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।

शनिबार ढुवानी व्यवसायी महासंघको १६औं वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् ।

उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रभावकारी नहुँदा मुलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ । दुनियाँमा ढुवानी व्यवस्था प्रभावकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ । त्यसकारण ढुवानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो । यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो । यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved