आणविक हतियार प्रयोगको सम्भावनाबारे के भन्छन् पाकिस्तानी रक्षामन्त्री ?

नेपालभ्युज

आणविक हतियार प्रयोगको सम्भावनाबारे के भन्छन् पाकिस्तानी रक्षामन्त्री ?

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतसँग चर्किँदो सैन्य तनावबीच अहिलेका लागि आणविक हतियार प्रयोग गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, “अहिलेका लागि आणविक विकल्प एजेन्डामा छैन, तर यदि अवस्था त्यसतर्फ गयो भने हेरेर बस्नेहरू पनि प्रभावित हुनेछन् ।”

जियो टीभीसँगको अन्तर्वार्तामा आसिफले भने, “म विश्वलाई भन्न चाहन्छु कि यो केवल क्षेत्रभित्र मात्र सीमित रहने छैन । यसको प्रभाव निकै व्यापक विनाशमा रूपान्तरण हुन सक्छ ।”

रक्षामन्त्री आसिफले आणविक हतियारसम्बन्धी निर्णय गर्ने जिम्मेवारीमा रहेको नेशनल कमाण्ड अथोरिटीको कुनै बैठक हालसम्म नबोलाइएको जानकारी पनि दिए । यसले पाकिस्तानले तत्काल कुनै आणविक निर्णय लिन लागेको छैन भन्ने सङ्केत दिन्छ ।

उनले भारतले सृजना गरिरहेको परिस्थितिका कारण पाकिस्तानका विकल्पहरू कम हुँदै गएको भन्दै चिन्ता व्यक्त पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved