भारतले आतंकवादविरुद्ध गरेको आक्रमण जायज छ : काङ्ग्रेस

नेपालभ्युज

भारतले आतंकवादविरुद्ध गरेको आक्रमण जायज  छ : काङ्ग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसले भारतले आतंकवाद विरूद्ध गरेको आक्रमणलाई जायज भनेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले आतंकवादविरुद्धका कारबाही जायज रहेको निर्णय लिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आतंकवाद विरुद्धका कारबाहीलाई जायज रहेको निर्णय लिएको बताए । ‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंकवादलाई कसैले पनि प्रस्रय नदियोस् भन्ने पक्षमा छौं,’ उनले भने ।

भारत र पाकिस्तानबीचको तनाव पूर्ण युद्धमा परिणत हुन नहुने पक्षमा काङ्ग्रेस रहेको महतले बताए ।  ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं,’ उनले भने ।

काङ्ग्रेस आतंकवादको विरूद्धमा रहेको भन्दै आतंकवादलाई निरूत्साहित गर्ने कुरामा पार्टीले  साथ दिने महतले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved