महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ

नेपालभ्युज

महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा पुनः राजेन्द्र तामाङ

काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट खेलका लागि राजेन्द्र तामाङ पुनः महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले तामाङलाई कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा पनि यथावत् रहनेछन् ।

ब्रिन्दा देवकोटा टिम म्यानेजरका रूपमा यथावत् छिन् भने लक्ष्मी भट्टराई टिमको फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन् ।

चारै जना प्राविधिक सदस्यले महासचिव राईबाट नियुक्तिपत्र प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved