इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार संसद्लाई सम्बोधन गर्दै भारतसँग बदला लिने उद्घोष गरेका छन्। भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ को संज्ञा दिएको छ।
प्रधानमन्त्री शरीफले भने, ‘हामी उचित ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ।’ उनले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको दाबी दोहोर्याए।
उनले भारतको कारबाहीमा पाकिस्तानले सफलता हात पारेको जिकिर गर्दै जवाफी कारबाहीमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरे। तीमध्ये तीनवटा राफेल विमान रहेको उनको भनाई थियो। ‘यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको विमानलाई समुद्रमा खसाल्न पूर्ण रूपमा सक्षम छ। हाम्रा तीनवटै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसकारण उनीहरू भारतीय विमानहरूलाई खसाल्न सफल भए,’ उनले थपे।
यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पछिल्लो आक्रमणमा भारतले ठूलो क्षति बेहोरेको बताएका छन्। उनले भने, ‘त्यो नोक्सानीबाट मुक्त हुन, भारतले आज फेरि आक्रमण गर्न सक्छ।’
Facebook Comment
Comment