टर्कीले भन्यो – पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको जोखिम बढ्यो

नेपालभ्युज

टर्कीले भन्यो – पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको जोखिम बढ्यो

काठमाडौं । टर्कीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलाले युद्धको जोखिम बढाएको जनाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत र पाकिस्तानमा भइरहेको घटनाक्रमप्रति चिन्तित रहेको र त्यसमाथि नजर राखिरहेको बताएको छ ।

“हामी कुनै पनि उत्तेजक कार्य र नागरिक र नागरिक भवनहरूमा आक्रमणको निन्दा गर्छौं,” विज्ञप्तिमा भनिएको छ, “हामी आशा गर्छौं कि तनाव कम गर्न सकेसम्म चाँडो कदम चालिनेछ ।”

दुवै पक्षलाई एकपक्षीय कारबाहीबाट बच्न पनि टर्कीले आग्रह गरेको छ । साथै, टर्कीले पहलगाम आक्रमणको अनुसन्धानको लागि पाकिस्तानको मागलाई समर्थन गर्ने पनि बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved