सरकारको कार्यशैलीप्रति विराजभक्तको व्यङ्ग्य : सुखी विचौलिया खुशी माफिया

नेपालभ्युज

सरकारको कार्यशैलीप्रति विराजभक्तको व्यङ्ग्य : सुखी विचौलिया खुशी माफिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि कार्यशैली भने ठीक विपरीत भएको बताएका छन् ।

गभर्नर नियुक्तिमा भागबन्डाले ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति संसद्‌मा व्यङ्ग्य गरे ।

यस्तै, आईपीओ जारीका लागि धितोपत्र बोर्डले ७ प्रतिशतसम्म कमिसन माग गर्दा पनि सरकार उदासिन रहेकोप्रति उनले आपत्ति व्यक्त गरेका छन् । ‘सरकारको कार्यशैली कस्तो हो साँच्चिकै सुखी विचौलिया खुशी माफिया हो त ?,’ उनको प्रश्न छ ।

सरकारले नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदालाई बेवास्ता गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकालाई अर्को चुनाव नभएर अर्को पुस्तालाई सोचेर राजनीति गर्न पनि सुझाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved