भारतले भन्यो – प्रतिकार गर्ने अधिकार प्रयोग गर्दै पाकिस्तानमा हमला

नेपालभ्युज

भारतले भन्यो – प्रतिकार गर्ने अधिकार प्रयोग गर्दै पाकिस्तानमा हमला
तस्वीर - एएफपी

काठमाडौं । भारतले सीमापार आक्रमणको जवाफ दिने र प्रतिकार गर्ने आफ्नो अधिकार प्रयोग गर्दै पाकिस्तानमाथि हमला गरेको बताएको छ ।

पत्रकार सम्मलेन गर्दै भारतका विदेश सचिव विक्रम मिश्रीले भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा ‘आतङ्कवादी पूर्वाधार’मा आक्रमण गरेको दाबी गरे ।

मिश्रीले भने, ‘भारतको कारबाही केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक छ ।’

पहलगाम आक्रमण अत्यन्तै बर्बर भएको उनको भनाइ छ ।

उनले थपे, “यो आक्रमणको उद्देश्य जम्मू कश्मीरको सामान्य अवस्थालाई बिगार्नु थियो । यसले प्रतिकूल असर पार्‍यो । यसको उद्देश्य यस केन्द्र शासित प्रदेशको विकासलाई हानि पुर्‍याएर यसलाई पछाडि राख्नु थियो । यसबाहेक देशमा साम्प्रदायिक दङ्गा भड्काउने प्रयास पनि गरियो ।”

मिश्रीले भने, “पहलगाम आक्रमणको अनुसन्धानले आतङ्ककारीहरूको पाकिस्तानसँगको सम्बन्ध उजागर गरेको छ । पाकिस्तानले आतङ्कवादी पूर्वाधारलाई समाप्त गर्न कुनै कदम चालेको छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved