सीएनएन लेख्छ – भारतीय मिडिया भारी राष्ट्रवादी भाषणबाजी रङ्गले भरियो

नेपालभ्युज

सीएनएन लेख्छ – भारतीय मिडिया भारी राष्ट्रवादी भाषणबाजी रङ्गले भरियो

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा गरेको सैन्य कारबाहीपछि धेरैजसो भारतीय टेलिभिजन च्यानलमा भारी राष्ट्रवादी भाषणबाजीले रङ्ग भरिएको समाचार छ ।

“भारतले शत्रुलाई ध्वस्त पार्‍यो”, “भारतको कडा प्रहार पाकिस्तानमा” जस्ता शीर्षकहरू विभिन्न समाचार च्यानलमा देखिएको सीएनएनको रिपोर्टमा उल्लेख छ ।

केही समाचार संस्थाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘क्याप्टेन अमेरिका’ शैलीको भारतीय झण्डाले सजिएको ढाल समातेको चित्रमा देखाएको छ ।

यसैबीच केही च्यानलहरूले ‘अप्रेशन सिन्दुर’ नाम दिइएको उक्त कारबाहीको रिपोर्टिङका क्रममा टेलिभिजन स्क्रिनभरि लडाकु विमान, विस्फोट र सैनिक कारबाहीका एनिमेसनहरू प्रस्तुत गरेका छन् ।

भारतका अधिकाङ्श मिडियाले सरकारको लाइन पछ्याउने आरोप खेप्दै आएका छन् ।

मोदीको नेतृत्वमा भारतले आफूलाई गर्विलो, राष्ट्रवादी राष्ट्रका रूपमा प्रस्तुत गर्न खोजिरहेको र जटिल परिस्थितिहरूको सामना गर्नसक्ने शक्ति भएको सन्देश दिन चाहिरहेको देखिन्छ । त्यो त्यहाँका सञ्चारमाध्यममा छर्लङ्ग देखिन्छ ।

भारतीय प्रशासनद्वारा नियन्त्रण गरिएको कश्मीरमा भएको पर्यटक हत्याकाण्डपछिका रिपोर्टहरूमा केही मिडिया संस्थाहरूले प्रतिशोधको माग गरेका थिए, जसले तनावलाई झनै बढाएको विश्लेषकहरूको ठम्याइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved