चीनले भन्यो – भारतको आक्रमण ‘दुर्भाग्यपूर्ण’

नेपालभ्युज

चीनले भन्यो – भारतको आक्रमण ‘दुर्भाग्यपूर्ण’

काठमाडौं । चीनले भारतद्वारा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा गरेको सैन्य कारबाहीलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

चीनले भारत र पाकिस्तान दुवै पक्षलाई संयम अपनाउन र स्थिति थप जटिल नबनाउन आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतले आज बिहान गरेको सैन्य कारबाहीलाई चीनले दुर्भाग्यपूर्ण ठान्दछ । यस घटनासँग सम्बन्धित परिस्थितिबाट हामी चिन्तित छौं ।”

प्रवक्ताले थप भने, “भारत र पाकिस्तान सधैं एकअर्काका छिमेकी रहन्छन् र दुवै देश चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ । हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको हितमा संयमित रहन, शान्ति कायम राख्न र परिस्थितिलाई थप जटिल बनाउने कुनै पनि कदमबाट टाढा रहन आग्रह गर्दछौं ।”

चीनको यस्तो धारणा उसको दीर्घकालीन नीतिअनुसार हो, जसमा उसले दक्षिण एशियाली छिमेकीहरूसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको देखिन्छ ।

भारतले ’अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । घटनामा सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved