पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, उचित जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

नेपालभ्युज

पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, उचित जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

नयाँ दिल्ली । भारतले ’अपरेसन सिन्दुर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ ।

पाकिस्तान प्रशासित कश्मीरलगायतका नौ स्थानमा मङ्गलबार राति आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

ती सबै स्थानहरूबाट भारतमाथि हुने आतङ्की आक्रमणहरूको योजना र निर्देशन भइरहेको भारतीय पक्षको दाबी छ ।

यो कारबाही अप्रिल २२ (वैशाख ९)मा भारतनियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । त्यहाँ एक नेपाली पनि परेका थिए । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो । केवल चिनिएका आतङ्की शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । उनले यसको उचित जवाफ दिने चेतावनी दिएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved