शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : सांसद शर्मा

नेपालभ्युज

शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ : सांसद शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरे ।

उनले भने, “संसद्‍मा पटक-पटक विषयहरु उठेका छन्, प्रश्नहरु उठेका छन् । नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भीसीहरु किन खाली भइरहेका छन् ।”

शर्माले थपे, “स्वास्थ्य बीमा किन भुक्तानी गरिँदैन, मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसद्‌मा दैनिक हामीले राखि रहेका छौँ । यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधानतिर त के जवाफ पनि दिन तयार छैन् । यो गैरजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ होइन भने सरकारले गम्भीर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved