रेशम चौधरीको गिरफ्तारीबारे संसद्‌मा जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

नेपालभ्युज

रेशम चौधरीको गिरफ्तारीबारे संसद्‌मा जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे संसदमा जवाफ दिन सभामुख देवराज घिमिरले सरकारलाई रूलिङ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारसँग सत्यतथ्य जवाफ दिन माग गरेकी थिइन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले जवाफ दिनका लागि  सरकारलाई रूलिङ गरेका हुन् ।

वैशाख १७ गते रेशम चौधरी गिरफ्तारीमा परेका थिए । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । सर्वोच्चका अधिकृत महिमान सिंह बस्नेतले आफैँ पत्र लेखेर आफैँ तोक लगाउँदै प्रहरी समक्ष पत्र लिएर पुगेका थिए ।

त्यही पत्रका आधारमा प्रहरीले उनलाई कमलादीबाट गिरफ्तार गरेर डिल्लीबजार कारागार पठाएको थियो । सर्वोच्चले पत्र सच्याएर पठाएपछि पाँच घण्टापछि उनी रिहा भएका थिए । व्यक्तिग रिसइबीको कारणले कर्मचारीले अनधिकृत पत्र पठाएकै भरमा गिरफ्तारी गरिएको भन्दै नाउपा र जनमतले विरोध जनाइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved