अमेरिकामा बाँदर निर्यातको पहल गर्न सांसदको माग

नेपालभ्युज

अमेरिकामा बाँदर निर्यातको पहल गर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसद इश्वर बहादुर रिजालले अमेरिकामा बाँदर निर्यातको पहल गर्न संसदमा माग गरेका छन् ।

प्रतिनिधसभामा बोल्दै उनले न्युरो सम्बन्धि रोगको औषधी परीक्षणका लागि अमेरकिलाई बाँदर बेच्न उनले माग गरेका हुन् ।

‘अमेरिकाले न्युरो सम्बन्धी रोगको औषधी परीक्षण म्याक्युज प्रजातिका बाँदरमा परीक्षण गरिरहेको छ । अमेरिकाले प्रति बाँदर ६० हजार डलर तिरेर प्रति वर्ष ३० हजार भन्दा बढी बाँदर आयात गर्छ । नेपालमा पनि उक्त प्राजतिका बाँदर पाइन्छ । किसानलाई दु:ख दिइरहेको बाँदर हामीले पनि किन निर्यात नगर्ने । श्रमिक निर्यात गर्न हुने बाँदर किन नहुने?’ उनको प्रश्न छ ।

किसान र बालीलाई नोक्सान पुर्‍याइरहेको बाँदर निर्यात गरेर आर्जन गर्न उनले सरकारलाई सुझाएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved