काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संक्रमणकालीन न्याय टुंग्याउन सरकारले अघि बढाइरहेको पहल सकरात्मक भएको प्रतिक्रिया दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलपछि माओवादी केन्द्रले यस्तो प्रतिक्रिया दिएको हो । ‘प्रधानमन्त्रीसँग छलफल गर्दा संक्रमणकालीन न्याय टुंग्याउनका लागि सरकारले सकरात्मक पहल गरेको हामीले पायौँ,’ बैठकमा सहभागि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।
पीडित पक्षलाई अन्याय नहुनेगरी संक्रमणकालीन न्याय टुंग्याउने विषयमा छलफल भएको पुनले बताए । पीडित पक्षले आफ्ना सरोकारका विषयमा प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रि ओलीले प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन् ।
पीडित पक्षले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्ना कुरा राख्ननका लागि समय लिएका छन् ।
Facebook Comment
Comment