स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

नेपालभ्युज

स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, “ठेक्का लागेको ठाउँमा दाताहरुले हात झिक्न खोजिरहेका छन् । त्यसले सरकारको दायित्व थपिने देखिन्छ । त्यो कुरालाई ध्यानमा राखेर योजनाको प्राथमिकीकरण गर्न सुझाव दिएका छौं । स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सुझाव दिएका छौं ।”

साथै, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved