माओवादी केन्द्रले जेठ २ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

नेपालभ्युज

माओवादी केन्द्रले जेठ २ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले निष्कर्ष निकाल्दै नयाँ अभियानको घोषणा गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved