काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति दैनिक ४ घण्टा बन्द गरेर पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गरिने भएको छ ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले सीतापाइला-भीमुढङ्गा-राम कोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
हेरौं तस्वीर –












तस्वीर – नेपाल फोटो लाइब्रेरी
Facebook Comment
Comment