पेस्तोल र गोली सहित युवक पक्राउ

नेपालभ्युज

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ गरेको छ । हतियारसहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोलसहित युवकलाइ पक्राउ गरेको हो ।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए ।

उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved