भारत–पाकिस्तान तनावका बीच एक पाकिस्तानी रेन्जर्स भारतको कब्जामा

नेपालभ्युज

भारत–पाकिस्तान तनावका बीच एक पाकिस्तानी रेन्जर्स भारतको कब्जामा
Photo - deccanherald

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला एक जना पाकिस्तानी सेनाका रेन्जर्सलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले गिरफ्तार गरेको छ । भारतीय समाचार माध्यमहरूका अनुसार भारतको राजस्थानमा अन्तर्राष्ट्रिय सीमा पार गरेका पाकिस्तानी रेन्जर्स पक्राउ परेका हुन् ।

पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । भारतले सो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको बताउँदै आएको छ भने पाकिस्तानले सो आरोप खारेज गरिरहेको छ ।

यो आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध कूटनीतिक र व्यापारिक कदमहरू चालेका छन् । भारत र पाकिस्तान दुवैले आआफ्नो एयरस्पेसमा एकअर्काका लागि प्रतिबन्ध लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved