२५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा, पहिलो चरणबाट २८ खेलाडी बाहिरिए

नेपालभ्युज

२५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा, पहिलो चरणबाट २८ खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण (क्याम्प) घोषणा गरिएको छ। आगामी युके भ्रमणलाई लक्षित गर्दै २५ सदस्यीय टोलीको घोषणा गरिएको हो।

यसअघि मूलपानी क्रिकेट मैदानमा सञ्चालन भएको प्रारम्भिक चरणको प्रशिक्षणबाट २८ खेलाडीलाई बाहिर राखिएको छ। छनोट भएका २५ खेलाडी अब युके भ्रमणको लागि तयारी गर्नेछन्।

नेपाल क्रिकेट बोर्डले यसअघि नै नेपाली टोलीको युके भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ। सोही तालिका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको यो टोली घोषणा गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved