काठमाडौं । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ ।
यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ ।
बीबीसी उर्दूकाअनुसार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु थियो, जसमा यसको उन्नत नेभिगेसन प्रणाली पनि समावेश छ ।”
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखहरूले सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन् ।
जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ ।
दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी र कडा बयान जारी गर्दै उचित जवाफको माग गरिरहेका छन् ।
Facebook Comment
Comment