नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न सांसदलाई एमालेको निर्देशन

नेपालभ्युज

नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रममको ढुक्कले प्रचार गर्न सांसदलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विपक्षीले गरेको विरोधको जवाफ दिन कुनै आवश्यक नरहेको भन्दै नीति तथा कार्यक्रमको ढुक्कले प्रचार गर्न निर्देशन दिएका हुन् ।

‘नीति तथा कार्यक्रम ढुक्कले सही छन् भनेर अघि बढ्नुस् । विपक्षीले त कहिल्यै पनि समर्थन गर्दैन । हाम्रा नीति तथा कार्यक्रम सत्य छन् । उहाँहरू सत्यको विरोध गर्न पनि बाध्य हुनुहुन्छ,’ उनले भने ।

विपक्षीलाई सही ठाउँमा मात्रै उद्दरणको मौका दिन उनले सांसदलाई निर्देशन दिए । ‘कतिपय सवालमा विपक्षीहरूले सत्ता पक्षकै सांसदहरूको उद्दरण गर्दै सही कुरा गरेको भनेर भ्रम फैलाउने काम भइरहेको छ । विपक्षीलाई सही ठाउँमा मात्रै उद्दरणको मौका दिनुस्,’ उनले निर्देशन दिए ।

नीति तथा कार्यक्रममा स्पस्ट धारणा राख्न उनले सांसदलाई निर्देशन दिए । ‘लर्‍याङतर्‍याङ कुरा गरेर हुँदैन । त्यसको कुनै महत्व छैन । नीति तथा कार्यक्रममा स्पस्ट विचार राख्नुस्,’ उनले भने ।

एमालेको संसदीय दलमा वैचारिक एकरूपता भएको र मर्यादाको पालना गरेर एमाले संसदीय दल चलेको भन्दै त्यसलाई निरन्तरता दिन निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved