सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्ने, त्रुटीपूर्ण परियोजना खारेज हुने

नेपालभ्युज

सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्ने, त्रुटीपूर्ण परियोजना खारेज हुने

काठमाडौं । सरकारले भौतिक पूर्वाधार क्षेत्रको पुन: प्राथमिकिकरण गर्ने भएको छ ।

भौतिक पूर्वाधारका नाममा बजेट छरिएको भन्दै त्यसलाई रोक्न र प्राथामिकता अनुसार बजेट वितरणका लागि सरकारले भौतिक पूर्वाधारको वर्गीकरण गर्दै प्राथामिकता निर्धारण गर्ने भएको हो ।

भौतिक पूर्वाधारहरूको वर्गीकरण गर्दै संसद्‌को अवधिभित्र  निर्माण सम्पन्न हुनेगरी समय  निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, सरकारले निर्माणाधिन परियोजनालाई आवश्यक बजेट सुनिश्चित गर्ने भएको छ । यस्तै संसदको बाँकी अवधिभित्र निर्माण हुन नसक्ने परियोजनाहरूलाई स्थगित गर्ने भएको छ ।

यस्तै त्रुटीपूर्ण परियोजनाहरूलाई खारेज गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved