अचानक स्थगित भयो मन्त्रिपरिषद्को बैठक

नेपालभ्युज

अचानक स्थगित भयो मन्त्रिपरिषद्को बैठक

शुक्रबार बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सुरुमा बैठकको समय सार्वजनिक गरेको थियो । तर, पछि अचानक बैठक स्थगित भएको बताएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक जनाले बिहान १० बजेका लागि तय भएका सबै कार्यक्रम टाइट शेड्युलका कारण स्थगित भएको बताए । तर, उनले प्रधानमन्त्री मन्त्रिपरिषद्कै बैठक स्थगित गर्ने गरी के मा व्यस्त भए भन्ने विषय भने खुलाएनन् ।

यस्तै १० बजेका लागि तय भएको नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहण पनि स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved