नवनियुक्त ऊर्जाराज्यमन्त्री गर्बुजा आज शपथ ग्रहण गर्दै

नेपालभ्युज

नवनियुक्त ऊर्जाराज्यमन्त्री गर्बुजा आज शपथ ग्रहण गर्दै

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्री पद रिक्त पदमा उनलाई नियुक्त गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved