केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल

नेपालभ्युज

केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा छानबिन गर्न कूटनीतिक पहल

भारतको ओडिसास्थित कलिंगा इंस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईट) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु भएको विषयमा कूटनीतिक पहल गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले जनाएकी छिन् । तीन महिनाको अवधिमा दोस्री नेपाली छात्रा सो क्याम्पसको होस्टलमा मृत फेला परेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार वीरगञ्जकी कम्प्युटर साइन्सकी विद्यार्थी आफ्नो कोठामा मृत फेला परेकी छिन् ।

ओडिसा सरकारले ती विद्यार्थीका अभिभावकलाई घटनाबारे जानकारी दिइएको बताएको छ । र स्थानीय पुलिसले घटनाबारे अध्ययन गरेको बताएको छ ।

परराष्ट्रमन्त्री देउवाले घटनाबारे दुःख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

यसअघि बुटवलकी प्रकृति लम्साल सोही क्याम्पसमा मृत फेला परेकी थिइन् । त्यसपछि सो क्याम्पस प्रशासनले नेपाली विद्यार्थीहरूमाथि अपमानजनक व्यवहार गरेको थियो । यो विषयमा कूटनीतिक हस्तक्षेपपछि सो क्याम्पसमा नेपाली विद्यार्थी फर्किएका थिए । तर, अहिले फेरि अर्की नेपाली विद्यार्थीको ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved