साना तरकारी व्यापारीलाई व्यवस्थित गर्न महानगरले माछापोखरीमा गर्‍यो सार्वजनिक यातायात बन्द

नेपालभ्युज

साना तरकारी व्यापारीलाई व्यवस्थित गर्न महानगरले माछापोखरीमा गर्‍यो सार्वजनिक यातायात बन्द

काठमाडौ । काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीलाई व्यवस्थित बनाउने भन्दै शुक्रबार बिहान काठमाडौं महानगरले नगर प्रहरी लगाएर सार्वजनिक यातायात बन्द गरेको छ ।

महानगरका प्रहरी सडकमा लाइन बनाई उभिएपछि यातायात बन्द भएको छ । यसरी उनीहरू उभिएपछि यातायात नै प्रभावित बनेको छ । सो क्षेत्रमा बिहान साना किसान तथा तरकारी व्यापारीले तरकारी व्यवसाय गर्दै आएका छन् । महानगरले उनीहरूलाई हटाउने प्रयास गरिरहेको छ ।

तस्वीरसहित पत्रकार राजन कुँकेलले एक पोस्ट लेख्दै यसको आलोचना गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् । केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved