काठमाडौं । भारतको जम्मू-कश्मीरस्थित पहलगामको बैसरन उपत्यकामा २२ अप्रिल २०२५ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । यसमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको थियो ।
कर्नालमा रक्तदान गर्न आएकी लेफ्टिनेन्ट विनय नरवालकी श्रीमती हिमाङ्शी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्, “हामी मानिसहरू मुस्लिम वा कश्मीरीहरूको विरुद्धमा जाओस् भन्ने चाहँदैनौं । हामी शान्ति चाहन्छौं र केवल शान्ति चाहन्छौं । अवश्य पनि हामी न्याय चाहन्छौं, जसले गल्ती गरेका छन् उनीहरूलाई सजाय दिइनुपर्छ ।”
पत्रकारहरूको प्रश्नको जवाफमा उनले आफूले पनि देशको सेवा गर्ने बाटो रोज्ने बताइन् ।
भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनयको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो । उनी आफ्नी श्रीमती हिमाङ्शीसँग बिदा मनाउन कश्मीर गएका थिए ।
हरियाणाको कर्नाल जिल्लाका नरवाल दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए । बी.टेक पूरा गरेपछि उनी भारतीय नौसेनामा भर्ना भएका थिए ।
जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना - यो मुस्लिम होइन भन्दै श्रीमान्लाई गोली हाने
जम्मू–कश्मीर हमला : बिहेको ६ दिनमै टुट्यो विनय र हिमाङ्शीको यात्रा
Facebook Comment
Comment