हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड

नेपालभ्युज

हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलनमा जाने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिट्टै ठूलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ अग्रसर रहेको उल्लेख गरे ।

आफूहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।

सरकारले सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खबरदारी गरिरहेको उनले बताए । प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई प्ररास्त गरेरै छाड्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved