काठमाडौं । आईपीएल (IPL) को १८औं सिजनमा आज राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।
खेल जयपुरको सवाई मानसिंह रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।
जारी सिजनमा मुम्बई १० मध्ये ६ खेल जितेर १२ अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थानमा छ । अर्कोतर्फ, राजस्थान ७ खेलमध्ये ३ खेल जितेर ६ अङ्कसहित आठौं स्थानमा छ ।
आजको खेल जितेर मुम्बई शीर्ष स्थानमा आउनसक्छ । यद्यपि, मुम्बईले जयपुरमा ७५ प्रतिशत खेल हारेको छ र आजको खेल त्यहीँ हुँदैछ ।
आजको खेल राजस्थानको लागि धेरै महत्त्वपूर्ण छ । यदि टोली हारेमा प्लेअफ दौडबाट बाहिरिने CSK पछि दोस्रो टोली बन्नेछ । दौडमा रहन टोलीलाई आजको खेल जित्नै पर्नेछ ।
हेड टू हेडमा एक खेलको भिन्नता
आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच ३२ खेल भएका छन् । जसमध्ये राजस्थानले १५ खेल जितेको छ भने मुम्बईले १६ खेल जितेको छ । एउटा खेल वर्षाका कारण रद्द भयो ।
जयपुरमा यी दुईबीच ८ खेल भएका छन्, जसमा राजस्थानले ६ खेल जितेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ ।
पिच रिपोर्ट
जयपुरको पिच ब्याटिङमैत्री छ । यस सिजनमा यहाँ तीन खेल भइसकेका छन् र प्रत्येक पटक १७० भन्दा बढी रन बनेका थिए । पछ्याउने टोलीले दुई पटक जितेको छ र पहिले ब्याटिङ गर्ने टोलीले एक पटक जित्यो ।
यस रङ्गशालामा हालसम्म ६० वटा आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीहरूले २१ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीहरूले ३९ खेल जितेको इतिहास छ । यस रङ्गशालामा सर्वाधिक टोली स्कोर २१७/६ हो, जुन सनराइजर्स हैदराबादले सन् २०२३ मा राजस्थान रोयल्सविरुद्ध बनाएको थियो ।
सम्भावित प्लेइङ-१२
राजस्थान : रियान पराग (कप्तान), यशस्वी जैसवाल, वैभव सूर्यवंशी, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरङ्गा, जोफ्रा आर्चर, महेश थेक्षाना, सन्दीप शर्मा, युधवीर सिंह चरक, तुषार देस ।
मुम्बई : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), रोहित शर्मा, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, कोर्बिन बोस, दीपक चाहर, ट्रेन्ट बोल्ट, कर्ण शर्मा, जसप्रित बुमराह ।
Facebook Comment
Comment