देउवा दम्पत्तिसँग भाजपा नेता विजय चौथाइवालेको भेट

नेपालभ्युज

देउवा दम्पत्तिसँग भाजपा नेता विजय चौथाइवालेको भेट

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् ।

देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बुधबार उनीहरुबीच भेटघाट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि चौथाइवाले बुधबार काठमाडौं आएका हुन् । उनले प्रधानमन्त्री, प्रतिपक्षी दलका नेताहरु, मधेसी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved